दफा ६२०
अचल सम्पत्तिको लिज करार सम्बन्धी विशेष व्यवस्था

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अचल सम्पत्तिको लिज करार गर्दा लिखित रूपमा गर्नु पर्नेछ।
(२) दश वर्षभन्दा बढी अवधिका लागि अचल सम्पत्ति लिजमा दिँदा त्यस्तो व्यहोरा उल्लेख हुने गरी कानून बमोजिम अधिकारप्राप्त निकाय समक्ष दर्ता गराउनु पर्नेछ ।
(३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम नेपालभित्र अचल सम्पत्तिको स्वामित्व प्राप्तगर्न नसक्ने व्यक्तिलाई नेपाल सरकारको स्वीकृति बिना खेती, घर निर्माण वा घरजग्गा विकास गर्ने प्रयोजनका लागिअचल सम्पत्ति लिजमा दिन सकिने छैन ।
(४) लिज करार अन्तर्गत लिएको जग्गामा लिजप्राप्तकर्ताले बनाएको घर, टहरा वा अन्य संरचना वा त्यसमा रहेको बगैँचा, वनवा रुख त्यस्तो करार बहाल रहने अवधि अन्त्य भई लिजदातालाई फिर्ता गर्नु पर्दा करारमा अन्यथा व्यवस्था भएकोमाबाहेक त्यस्तो घर, टहरा वा अन्य संरचना वा त्यसमा रहेको बगैँचा, वन वा रुख समेतमा लिजप्राप्तकर्ताको हक रस्वामित्व कायम रहेको मानिनेछ र सोही बमोजिम निजले त्यस्तो जग्गाबाट त्यस्ता घर, टहरा वा संरचना वा वगैचा वा वनर रुख हटाउनु पर्नेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो घर, टहरा वा अन्य संरचना वा त्यसमा रहेको वगैँचा, वन वा रुखलिजदाताले यथावत रूपमा लिन चाहेमा निजले त्यस वापत परस्परमा मञ्जुर गरिएको मूल्य चुक्ता गर्नु पर्नेछ ।